ग्लोबल आइएमई बैंकले नौ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर र उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
यी नौ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २७४ पुगेको छ।
बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. ३ मा पर्ने दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका वडा नं. १ मा पर्ने देउराली बजार तथा वडा नं. ६मा पर्ने रिष्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ४ मा पर्ने पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका वडा नं. ४ मा पर्ने बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ मा पर्ने खार्मी, नुवाकोट जिल्लाको लिखु गाँउपालिका वडा नं. ४ मा पर्ने चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ४ मा पर्ने भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ६ मा पर्ने बाँकेटारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
बैंकको भोजपुर शाखाअन्तर्गत रहनेगरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखाअन्तर्गत रहनेगरी देउराली बजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लि. तथा रिष्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापा, ढल्केबर शाखाअन्तर्गत रहनेगरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्र कुमार महतो सिंह, खोटाङ शाखाअन्तर्गत रहनेगरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखाअन्तर्गत रहनेगरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखाअन्तर्गत रहनेगरी भवानीपुरमा खोलिएको सेवाको लागि राजन अधिकारी र कटारी शाखाअन्तर्गत रहनेगरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको छ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिने, डिसहोम/ सिडिएमए/ युटिएल/ एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन्।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरू गर्ने गरेको छ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २८ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।