रमेश हमाल नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। हमाललाई बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।
बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्तमा परेपछि साढे चार महिनादेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो ।
त्यसपछि सरकारले अध्यक्ष नियुक्तिका लागि छनोट समिति बनाएर प्रक्रिया अगाडि बढाएको थियो। योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा गठित समितिले हमालसँगै कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको थियो।
छनोट समितिको सिफारिस गरेका तीन जनामध्ये मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्ष नियुक्त गरेको हो।