माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृतपदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवैजनाले दुई दशकभन्दा बढीे बैंकिङ क्षेत्रमा काम गरिसकेका छन्। उनीहरु माछापुच्छ्रे बैंकमा पनि लामो समयसम्म उच्च व्यबस्थापन तहमा थिए।
त्यस्तै नायव महाप्रबन्धकपदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ क्षेत्रमा करिब दुई दशक बिताइसकेका छन्।
अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्चअपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको अनुभव छ।
बैंकले नेपालभर १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत सेवाप्रदानगदै आईरहेको छ।