यो साता नेप्से परिसूचक ३१.६२ अंकले बढेको छ। साताको पहिलो दिन आइतबार बजार खुल्दा नेप्से परिसूचक १००.६७ अंकले घटेर २७००.८९ विन्दुमा पुगेको थियो। तर बिहीबार बजार बन्द हुँदा परिसूचक बढेर २७३२.५१ पुग्यो।
साताको दुई दिन नेप्से बढ्यो भने बाँकी तीन दिन घट्यो। आइतबार, बुधबार र बिहीबार सेयर बजार बजार घटेको हो। सोमबार र मंगलबार बजार बढ्यो।
पहिलो दिन आइतबार ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ ६४ पैसाको कारोबार भएको थियो। यो साताको बजार बन्द हुँदा बिहीबार कारोबार रकम घटेर जम्मा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ ६ पैसा पुग्यो।
पहिलो दिन आइतबार १००.६७ अंकले घटेको परिसूचक सोमबार ०.०८ अंकले बजार बढ्यो। त्यस्तै, मंगलबार भने सेयर बजार परिसूचक ५३.३० अंकले बढेर २,७५४.२८ पुग्यो। बुधबार परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ पुग्यो। नेप्से कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार १.९४ अंकले घटेर २७३२.५१ पुगेको थियो।
आइतबार २२७ कम्पनीको कारोबार भएको थियो। सोमबार पनि २२७ कम्पनीको कारोबार भयो भने मंगलबार कारोबार गर्ने कम्पनीको संख्या घटेर २२४ वटा पुग्यो। त्यस्तै, बुधबार कारोबारमा आउने कम्पनी संख्या बढेर २३१ पुगेको थियो। बिहीबार भने यो संख्या घटेर कुल २२७ कम्पनीको सेयर किनबेच भयो।
अघिल्लो साताको तुलनामा नेप्से बढेपनि कारोबार रकममा भने कमि देखिएको छ। आइतबार १ करोड १६ लाख ६१ हजार ६३९ सेयर किनबेच हुँदा ५ अर्ब ९७ करोडको कारोबार भएको थियो। यो साताको बजार बन्द हुँदा बिहीबार कारोबार रकम घटेर २ अर्ब २७ करोड पुग्यो।
सोमबार बजार बढे पनि कारोबार रकममा कमि देखियो। सोमबार जम्मा ७५ लाख ४९ हजार ७७९ सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोडको कारोबार भएको थियो। त्यस्तै, मंगलबार भने ३ अर्ब २३ करोडको कारोबार भयो। बुधबार बजार घटेको दिन कारोबार रकम ३ अर्ब २ करोड पुग्यो। बिहीबार भने नेप्से घटेको दिन जम्मा ४० लाख १७ हजार ४२९ सेयर किनबेच भयोर यो दिन २ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको थियो।
साताभर कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये प्रायः उपसमूहको सूचक नकारात्मक देखिएको थियो। आइतबार कारोबारमा आएका १३ उपसमूहहरूमध्ये १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको थियो। त्यस्तै, सोमबार पाँच उपसमूहको सूचक नकारात्मक देखियो भने मंगलबार सबै उपसमूहको सूचक सकारात्मक देखिएको थियो। बुधबार पनि ११ उपसमूहको सूचक नकारात्मक देखियो। साताको बजार बन्द हुँदा बिहीबार भने ८ उपसमूहको सूचक नकारात्मक देखिएको थियो।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको चार दिन नेप्से घटेपनि साताभरिमा धेरै कारोबार भएका कम्पनीमध्ये अरुन भ्याली हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर, अपर तामाकोशी हाइड्रोपावर, एनटिसी, नेसनल हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्सलगायत पर्छन्।