आज सेयर बजार घटेको छ। बुधबार सेयर बजारको परिसूचक १५.५० अंकले घटेर २,७२०.४३ पुगेको हो।
दिनभरमा जम्मा २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १२८ कम्पनीको मूल्य घटेको छ भने ५८ कम्पनीको मूल्य बढेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये हाइड्रोपावर र म्युचल फन्डबाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएको छ। हाइड्रोपावरको पनि जम्मा १.०७ प्रतिशत र म्युचल फन्डको ०.८४ प्रतिशतले मात्रै सेयर बढेको हो।
बुधबार दिव्यश्वरी हाइड्रोपवार र युनाइटेड आइडिबी मार्दी आरबी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ। घलेम्डी हाइड्रो पावरको सेयर भने ९.२२ प्रतिशत र तेह्रथुम पावर कम्पनीको सेयर ८.८४ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर ८ प्रतिशतभन्दा कमले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज एनटिसीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँको कारोबार भएको हो।
यसपछि, घलेम्डी हाइड्रो पावरको १२ करोड ८५ लाख २४ हजार २९४ रुपैयाँ ९० पैसा, डिस्टिलरी लिमिटेडको ९ करोड ५८ लाख २९ हजार ९६४ रुपैयाँ ३० पैसा, नेसनल हाइड्रो पावर कम्पनिको ९ करोड ४९ लाख ११ हजार ५४४ रुपैयाँ ८० पैसा र अपि पावरको ९ करोड ८ लाख २२ हजार ४९ रुपैयाँको कारोबार भएको छ।