राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आइपिओ आज बाँडफाँट भएको छ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो।
लघुवित्तको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जना आवेदकबाट २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता सेयरको लागि आवेदन परेको थियो।
कुल आवेदनमध्य ५ हजार ८५९ जनाको आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। त्यस्तै योग्य २५ लाख ७९ हजार ४०२ जनाको आवेदन परेको छ।
जसमा गोलाप्रथाबाट ७९ हजार ४५० जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन्। यससँगै कम्पनीको आइपिओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ।
आइपिओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिनेछ।