साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ।
आज सेयर बजार नेप्से परिसूचक ७ दशमलव ७३ अंकले घटेर २६५३ दशमलव ७० को विन्दूमा पुगेको हो। दिनभरीमा २ सय २४ कम्पनीको ७० लाख ४० हजार ५ सय ६३ सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ३० हजार ६५ हजार ९०९ रुपैयाँको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज युनिभर्सल पावर कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ। कम्पनीको २० करोड ४४ लाख २४ हजार १४१ रुपैयाँको कारोबार भएको छ।
त्यस्तै दोस्रो धेरै कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ। टेलिकमको १९ करोड ६ लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै तेस्रो धेरै कारोबार हुनेमा नेशनल हाइड्रोपावर रहेको छ। कम्पनीको मात्रै १४ करोड ४३ लाख रुपैयाँको खरिद बिक्री भएको छ।
आज नेशनल हाइड्रोपावर कम्पनीका लगानीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीका लगानीकर्ताले ४ दशमलव ५३ प्रतिशतले कमाएका हुन्। त्यसैगरी सपोर्ट माइक्रोफाइनान्स ३ दशमलव ९६, यूनिभर्सल पावर कम्पनी ३ दशमलव ०२, छ्याङदी हाइड्रोपावर २ दशमलव ९७ र युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतले कमाएका छन्।
त्यसैगरी आज हिमालय जेनरल इन्स्युरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ दशमलव ५८ प्रतिशतले गुमाएका छन्। त्यस्तै तेह्रथुम पावर कम्पनी ४ दशमलव ०२, सामलिङ पावर कम्पनी ३ दशमलव ६५, नारायणी डेभलपमेन्ट बैंक ३ दशमलव १४ र शिवम् सिमेन्टका लगानीकर्ताले ३ दशमलव ०५ प्रतिशतले गुमाएका छन्।