सानिमा बैंकले ‘सानिमा दीर्घायु बचत’ खाताअन्तर्गत खातावालाका परिवारलाई दश लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ। यस बैंकका धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनका परिवारलाई १० लाख रकम भुक्तानी गरेको हो।
मृतककी हकवाला श्रीमती कमली पन्त ओझालाई एक कार्यक्रमबीच रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ। रकम सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमाप्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त हस्तान्तरण गरेका हुन्।
बैंकले दीर्घायु बचत योजनाअन्तर्गत तीन लाख रुपैयाँ सम्मको छ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा दश हजार बराबरको ओपिडि सेवा र पाँच हजारसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा एटिएम संचालनमा छन्।