बैंक अफ काठमाण्डूको दमक नगरपालिका वडा नं. ५ मा नयाँ शाखा सञ्चालनमा आएको छ। उक्त शाखा आइतबार दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माबाट संयुक्त रुपमा औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका नगर उप-प्रमुख गिता अधिकारी, उद्योग वाणिज्य संघ, दमकका अध्यक्ष गोकुल श्रेष्ठ, चेम्बर अफ कर्मस र दमकका अध्यक्ष राजेन्द्र ढकालको उपस्थिति थियो।
कार्यक्रममा बैंकका सञ्चालक गोविन्द प्रसाद शर्मा रेग्मीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी गराए।
दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले उक्त कार्याक्रममा बैंकलाई दमकमा स्वागत गर्नुका साथै स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए।
बैंकले हाल देशभर ९७ शाखा कार्यालयहरू, ८७ वटा एटिएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दैछ। यसले भविष्यमा थप शाखाहरू संचालन गर्ने योजना बनाएको छ।