एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउण्टर शुभारम्भ गरेको छ।
सेवाग्राहीहरुलाई सहजहोस भन्ने उद्देश्यले काउन्टर सुरु गरेको बैंकले जनाएको छ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेलगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमका विशेष अतिथिमा एनएमबि बैंकका प्रमूखकार्यकारी अधिकृत सुनिल केसी थिए। एनएमबि बैंकले यस लगायतहाल देशभरी १० एक्सटेन्सन काउन्टरहरु, २०१ शाखाहरु र १३९ एटिएमहरुमार्फत सेवाप्रदानगर्दै आइरहेको छ।