सोमबार सेयर बजार बढेको छ। आज सेयर बजारको परिसूचक ०.०६ अंकले बढेर २,५४४.९४ पुगेको हो।
दिनभरमा जम्मा २३० कम्पनीको ५३ लाख १५ हजार २९२ सेयर किनबेच हुँदा २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँ ६२ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये ६६ कम्पनीको मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ। बाँकी ८ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी उपसमूहको सूचक नकारात्मक देखिएको छ। अन्यको १.५८ र म्यानुफ्याक्चर एन्ड प्रडक्सनको १.४७ ले बढेको हो।
सोमबार बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर ५.८९ प्रतिशतले बढेको छ। त्यस्तै, बोट्लर्स नेपालको सेयर ५.४८ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने ५ प्रतिशतभन्दा कमले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २७ करोड ६९ लाख ३२ हजार ८६३ रुपैयाँ ५० पैसाको कारोबार भएको हो।
यसपछि, एनटिसीको १२ करोड ६२ लाख ७६ हजार ४८६ रुपैयाँ ७० पैसा, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ६ लाख २५ हजार १८ रुपैयाँ, एनआइसी एसिया बैंकको १० करोड ५० लाख २७ हजार ५८२ रुपैयाँ ७० पैसा र पाँचथर पावर कम्प्याक्ट लिमिटेडको १० करोड ४२ लाख २७ हजार ७९ रुपैयाँ ९० पैसाको कारोबार भएको छ।