आज फागुन २४ गते मंगलबार बैकिङ सेवा बन्द हुने भएको छ।
११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा भएकाले मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।
यस्तै मंगलबार शेयर कारोबार पनि बन्द रहने छ। अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा विदा भएकाले आज नेप्से कारोबार बन्द हुने भएको हो।