सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ति) बीच सम्झौता भएको छ। ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ।
सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सकिन्छ।
एक कार्यक्रमबीच खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
हाल सानिमा बैंकका देशभर १२४ कार्यालय र ११० एटिएम सञ्चालनमा छन्।