एनआइसी एशिया क्यापिटलले मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवा अन्तर्गत 'आइडिया टू आइपियो' नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। जस अन्तर्गत कम्पनीलाई आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा परामर्श सेवा प्रदान गर्नेछ।
यो सेवा जुनसुकै क्षेत्रका कम्पनीहरुले लिन सक्नेछन्। विशेष गरी हाइड्रो, कृषि, होटल तथा पर्यटन, इकमर्शलगायत सेवा क्षेत्रले लिन सक्छन्। क्यापिटलको आइडिया टू आइपिओ सेवाले जुनसुकै अवस्थामा रहेको कम्पनीहरुलाई सहजै आइपिओ जारी गर्न सक्ने अवस्थामा पुर्याउन सहयोग गर्ने उल्लेख गरिएको छ।
साथै यो क्यापिटलले प्राइभेट इक्वालिटी भेन्चर क्यापिटल सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको जनाएको छ। उक्त अनुमति पाएपछि यो सेवासमेत सुरु गर्नेछ।