सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिकाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन्।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, ओखलढुंगाका अध्यक्ष ग्यानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका वडा नं ४ का अध्यक्ष रत्न बहादुर गुरुङ, श्री रुम्जाटार माविका प्रधानाध्यपक गोकर्ण बहादुर बानियाँ, सिभिल बैंकका चिफ क्रेडिट बिजनेश सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाललगायतको उपस्थिति थियो।
रुम्जाटार आसपास भएको क्षेत्रका सेवाग्राहीहरूले अब यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन्।
बैंकले हालसम्म करिब सात लाख ग्राहकहरूलाई ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत करिब सात लाख ग्राहकहरूलाई सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्दैछ।