डिजिटल रेमिट्यान्स कम्पनी ई-सेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ।
यस सम्झौतासँगै संसारका दुई सयभन्दा बढी मुलुकबाट ई-सेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, ई-सेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र ई-सेवा वालेटका ५ हजार बढी एजेन्टसँगै प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपाल भरका ७ हजारभन्दा बढी सहकारी संस्थाहरूबाट ई-सेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिनेछ।
यसका साथै, प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरूबाट ई-सेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यी सहकारी संस्थाहरूमा रकम जम्मा गर्न सकिनेछ।
सम्झौताबारे आफ्नो मन्तव्य व्यक्त गर्दै ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, 'प्रभु म्यानेजमेन्टसँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं। प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जालमार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने कुरामा हामी विश्वस्त छौं। यसले ई-सेवा मनी ट्रान्सफरको विस्तारित नेटवर्कलाई फैलाउनमा थप मद्दत पुर्याएको छ।'