सनराइन बैंकले ग्राहकहरुका लागि बीमा सुविधा बढाएको छ। बैंकले २०७४ साल चैत्र १ गतेदेखि आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरेको हो।
स्वास्थ्य बीमाअन्र्तगत अस्पताल भर्ना र ओपिडी खर्च गरी एक लाखसम्म बीमा सुविधा दिएको छ। उक्त रकम वर्षमा तीन पटकसम्म दाबी गर्न सकिन्छ।
साथै पाँच लाखसम्म दुर्घटना बीमा पनि दिइएको छ। यसअघि नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा सुविधा दिदै आएकोमा यो वर्षदेखि नेपाललगायत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्याण्डका अस्पतालमा उपचार गराउदाको खर्चसमेत दाबी गर्न सकिनेछ।
नारी बचत खाता भएका महिलाहरुलाई पाँच लाखसम्म घातक रोग खर्च दिने भएको छ। महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर,स्तन क्यान्सर, मुटु रोगलगायत १८ घातक रोगहरु यसले समेट्नेछ।
महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजार रुपैयाँसम्म दिने छ। सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउँदा खर्च दिइने बैंकले जनाएको छ।
बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ।