बैंक अफ काठमाण्डू र हेफर नेपालबीच वित्तीय साक्षरता कार्यक्रम संचालनमा सहकार्य भएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू संचालन गर्न हेफर नेपालसँग सम्झौता गरेको हो।
उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरूलाई बैंकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य राखिएको छ।
कार्याक्रम सञ्चालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्दर्भ सामाग्री निमार्ण गरी कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्ध रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका छन्।
बैंक अफ काठमाण्डू लिमिटेडले हाल देशभर रहेको ९७ शाखा कार्यालयहरू, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सुविधा प्रदान गर्दैछ।