एनएमबी बैंकले भिडिओ केवाईसी, भिडिओ कलमा आधारित खातासँगै देश वा विदेशमा बसी डिम्याट, मेरो सेयर र सिआरएन समेत अनलाइनबाट सुविधा लिन सकिने योजना ल्याएको छ।
एनएमबी बैंक नेपाली बैंकिङ जगतमै सुरूदेखि अन्त्यसम्मको पूर्ण डिजिटल रुपमा खाता खोल्ने प्रक्रिया सुरू गर्ने पहिलो बैंक हो।
ग्राहकहरूले बैंकमा भिडिओ कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्छन्। यो हो भिडिओ अकाउन्ट ओपनिङको लागि डिजिटल लिङ्क।
‘एनएमबी बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ। ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआइकनै बैंकिङ गतिविधिहरू संचालन गर्न सक्छन्। हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शीता, त्रुटिरहित र कागज बिहीन बैंकिङ सेवा प्रदान गर्छ।
यस बैंकको ग्लोबल एलायन्स फर भ्यालू बेस्ट बैंकिङका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङ प्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपुर्ति गर्नु रहेको छ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द एयर एसिया २०२१’ अवार्डबाट सम्मानित बैंक हो। बैंकले सन् २०१७, सन् २०१८ र सन् २०२०को लागि पनि उक्त पत्रिकाबाट नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द एयर नेपाल’ प्राप्त गरेको थियो।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १३९ एटिएमहरू र १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैछ।