बुधबार सेयर बजार घटेको छ। आज नेप्से परिसूचक १९.७२ अंकले घटेर २६३१.२५ अंकको विन्दूमा झरेको हो।
दिनभरीमा २३१ कम्पनीका ४९ लाख ६७ हजार ४७१ सेयर किनबेच हुँदा २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ ९ पैसाको कारोबार भएको छ। त्यस्तै, आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।
आज होटल एन्ड टुरिजम उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशत बढेको छ। नन लाइफ इन्स्योरेन्स उपसमूहको परिसूचक ०.६४ प्रतिशत र म्युचल फन्डको ०.०२ प्रतिशत बढेको हो।
आज इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९८ प्रतिशतले बढेको छ। अघिल्लो दिनमा पनि यसको सेयर ९.९८ प्रतिशतले बढेको थियो।
त्यस्तै, बुधबार मैलुङ खोला जलविद्युत कम्पनीको सेयर ६.१३ प्रतिशत र सोल्टी होटल लिमिटेडको सेयर ४.२२ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने ४ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज एनटिसीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको १६ करोड ३६ लाख १ हजार ७८१ रुपैयाँ ९० पैसाको कारोबार भएको हो।
यसपछि, गरिमा विकास बैंकको १२ करोड २४ लाख ४९ हजार ६६१ रुपैयाँ २० पैसा, अपिको १० करोड ७८ लाख ९६ हजार ९० रुपैयाँ १० पैसा, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४४ लाख ६७ हजार २४१ रुपैयाँ र हिमालयन डिस्टिलरी लिमिटेडको ७ करोड ४६ लाख ६१ हजार ७६९ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।