ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने भएका छन्।
बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरूलाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरू गरेको छ।
यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरूले ग्लोबल आइएमई बैंकको मोबाइल एपमार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन्। उक्त रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ। यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन।
यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन्।
हाल बैंकले मुलुकभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।