सोमबार सेयर बजार बढेको छ। आज सेयर बजारको परिसूचक १८.७ अंकले बढेर २,६३४.६५ पुगेको हो।
दिनभरमा जम्मा २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ ४५ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १५६ कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये होटल एन्ड टुरिजम र अन्यको बाहेक सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। सोमबार विकास बैंकको परिसूचक २.९२ प्रतिशत, हाइड्रो पावरको २.७२ प्रतिशत र फाइन्यान्सको २.५८ प्रतिशतले परिसूचक बढेको हो। त्यस्तै, लाइफ इन्स्योरेन्सको परिसूचक १.१८ प्रतिशत, ट्रेडिङको १.१३ प्रतिशत र इनभेस्टमेन्टको परिसूचक १.४ प्रतिशतले बढेको हो। यीबाहेक अन्य उपसमूहको सूचक १ प्रतिशतभन्दा कमले मात्र बढेको छ।
सोमबार इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९८ प्रतिशतले बढेको छ। न्यादी ग्रुपको सेयर ७.६७ प्रतिशत, माउनटेन हाइड्रो नेपालको सेयर ६.७४ र कर्णाली विकास बैंकको सेयर ६.४९ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने ६ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज एनटिसीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २० करोड ९४ लाख ५७ हजार २२९ रुपैयाँ ९० पैसाको कारोबार भएको हो।
यसपछि, अरुण भ्याली हाइड्रोपावरको ९ करोड २३ लाख ३९ हजार ११९ रुपैयाँ, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ९ करोड ६ लाख ४४ हजार ५४२ रुपैयाँ ९० पैसा, अपिको ९ करोड २ लाख ५९ हजार ९२ रुपैयाँ र शिवम् सिमेन्टको ८ करोड ७३ लाख ६६ हजार १७ रुपैयाँ ३० पैसाको कारोबार भएको छ।