एनएमबी बैंकले प्रदेश नं. २का उखु किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ। बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म एक सय ५६ जना उखु किसानलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको छ।
बैंकले उखु किसानहरूलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता गरेको थियो। सम्झौता अनुसार उक्त चिनी उद्योगलाई आवश्यक उखुको माग पूरा गर्न आवश्यक पर्ने उखु खेती गर्न प्रोत्साहान गर्दै किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो। साथै, सुगर मिल्ससँग सहकार्य गरी किसानहरूको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोगहरू पनि गर्दै आएको छ।
कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरिक्षणमा अधिकांश किसानहरूको जीवनस्तर परिवर्तन भएको र किसानहरूले उखु बिक्रिबाट लाभान्वित भई बैंकको कर्जा समेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको छ।
चिनी उद्योगहरूमा उखुको माग हुँदा पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरूले बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफूलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा बैंकले प्रवाह गरेको महशुस गरेका छन्।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित बैंक हो। बैंकले सन् २०१७, सन् २०१८ र सन् २०२०मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटिएम, १० एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दैछ।