बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुरू गरेको छ।
बैंकले आफ्नो ग्राहकहरूलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने उदेश्यले बैंकको डिजिटल सेवा तथा सुविधाहरूको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको हो। यो हेल्पलाईन सेवा अन्तर्गत ग्राहकहरूले बैंकको कुनै पनि डिजिटल कारोबारहरूको कुनै पनि जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन्।
बैंकको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा पिओएसको कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकहरूले हेल्पलाईन नम्बर ०१-५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np बाट सिधैं सहयोग लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हालसम्म बैंक अफ काठमाण्डूले देशभर ९७ शाखा कार्यालय, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सुविधा प्रदान गर्दैछ।