बुधबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक २०.३४ अंकले घटेर २,६३०.३६ पुगेको हो।
दिनभरमा जम्मा २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ सेयर किनबेच हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँ २४ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १५६ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३० कम्पनीको मूल्य बढेको छ। बाँकी ८ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये ट्रेडिङ र म्युचअल फन्ड बाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। ट्रेडिङको परिसूचक ०.५ प्रतिशत र म्युचल फन्डको परिसूचक ०.२५ प्रतिशतले मात्रै बढेको हो।
बुधबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने ५ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ८ करोड ४१ लाख ९४ हजार ६३९ रुपैयाँ २० पैसाको कारोबार भएको हो।
यसपछि, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ८ करोड ४० लाख २३ हजार ३३६ रुपैयाँ ६० पैसा, अरुण भ्याली हाइड्रोपावरको ८ करोड १७ लाख १९ हजार २२४ रुपैयाँ ४० पैसा, एनटिसीको ७ करोड ६० लाख ७६ हजार ९६८ रुपैयाँ ७० पैसा र अपि पावरको ६ करोड १० लाख ५१ हजार २१२ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।