सानिमा बैंकले बुधबार सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी आफ्नो बैंकिङ सेवा विस्तार गरेको छ।
उक्त शाखा कार्यालयको उद्घाटन सद्भावना दुत वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन्।
उद्घाटन समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल र विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राजद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा एटिएम सञ्चालनमा छन्।