सानिमा बैंकले बिहीबार चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्डको सद्भावना दुत मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका संचालक डा. केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरेका हुन्।
उद्घाटन समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल र विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे।
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यवसायीक विकासमा टेवा पुर्याएकोमा शुभकामना व्यक्त गरे।
त्यसैगरी, बैंकका संचालक डा. केशव प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशभर १२६ कार्यालय र ११४ वटा एटिएम सञ्चालनमा छन्।