सोमबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक २९.९८ अंकले घटेर २,५४२.२८ पुगेको हो।
दिनभर जम्मा २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ ९४ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १६७ कम्पनीको मूल्य घटेको छ भने जम्मा २१ कम्पनीको मूल्य बढेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर छ। आज कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक नकारात्मक देखिएको छ।
सोमबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेको छ। इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, नेष्डोको सेयर ६.१० प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँ ३० पैसाको कारोबार भएको हो।
यसपछि, अपि पावरको ९ करोड ३० लाख २३ हजार ११६ रुपैयाँ, हिमालयन डिस्टिलरीको ६ करोड ८ लाख ७९ हजार ३४३ रुपैयाँ २० पैसा, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख ८६ हजार ८५० रुपैयाँ ५० पैसा र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६५ लाख ३१ हजार २४४ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।