मंगलबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १४.२६ अंकले घटेर २,५२७.५८ पुगेको हो।
दिनभर जम्मा २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ सेयर किनबेच हुँदा १अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँ ३० पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १३१ कम्पनीको मूल्य घटेको छ भने जम्मा ५१ कम्पनीको मूल्य बढेको छ। बाँकी ११ कम्पनीको मूल्य स्थिर छ। आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये होटल एन्ड टुरिजमको सूचकबाहेक सबैको सूचक नकारात्मक देखिएको छ। होटल एन्ड टुरिजमको पनि जम्मा ०.८३ प्रतिशतले मात्रै बढेको हो।
मंगलबार इमर्जिङ नेपाल लिमिटेड र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेकझ छ। राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ। यीबाहेक बाँकी कारोबारमा आएका कम्पनीहरूको सेयर ५ प्रतिशतभन्दा कमले मात्रै बढेको हो।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ७ करोड ९१ लाख ९९ हजार ५१ रुपैयाँ ५० पैसाको कारोबार भएको हो।
यसपछि, ग्लोबल आइएमई बैंकको ७ करोड २६ लाख ७१ हजार ७९७ रुपैयाँ ५० पैसा, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५९ लाख ९९ हजार ८६७ रुपैयाँ ३० पैसा, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ५ करोड ७८ लाख ६३ हजार ४७२ रुपैयाँ ३० पैसा र हिमालयन डिस्टिलरीको सेयर ५ करोड ६१ लाख ९४ हजार २३७ रुपैयाँ ८० पैसाको कारोबार भएको छ।