नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्माटच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको 'क' वर्गको वाणिज्य बैंक एनआइसी एसियाबीच स्मार्ट क्युआर मार्फत भुक्क्तानी सेवा सन्चालनको लागि सम्झौता भएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच स्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनआइसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्युआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता पश्चात विभिन्न व्यापार-व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआइसी एसिया बैंक मार्फत स्मार्ट क्युआरको सुविधा लिन पाउने भएका छन्।
बिगत २० वर्षदेखि भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्माटच्वाइस टेक्नोलोजिज र एनआइसी एसियाबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्ने आशा लिइएको छ।