बुधबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८८ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३३ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ६० पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९५ पैसा कायम छ। यसको बिक्रीदर ९१ रुपैयाँ ४० पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६३ पैसा पुगेको छ।
त्यस्तै, बुधबार हङकङ डलर एकको खरिददर १५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५ रुपैयाँ ५७ पैसा पुगेको छ। सिंगापुरे डलर एकको खरिददर भने ८९ रुपैयाँ १९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६३ पैसा पुगेको छ।
आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा पुगेको छ।
युएई दिराम एकको खरिददर भने ३३ रुपैयाँ २ पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर आज २८ रुपैयाँ ७८ पैसा र बिक्रीदर २८ रुपैयाँ ९३ पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर बढेर ३९८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४०० रुपैयाँ ३४ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२३ रुपैयाँ २७ पैसा पुगेको छ।