बलेफी हाइड्रोपावर लिमिटेडको आइपिओ सर्वसाधारणका लागि खुलेको छ।
बुधबार कम्पनीले कुल १८ लाख २७ हजार ९७० कित्ता सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
निष्कासित सेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनी कर्मचारीहरूका लागि सुरक्षित गरिनुका साथै ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ।
सर्वसाधारणले १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सेयर खरिदको लागि आवेदन दिन पाउने कम्पनीको व्यवस्था छ।
आइपिओको लागि आवेदन चैत १६ देखि चैत २१ गतेसम्म मात्र खुला रहनेछ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।