बिहीबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक २३.९५ अंकले बढेर २,५४४.३० पुगेको हो।
दिनभर जम्मा २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ सेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १६४ कम्पनीको मूल्य घटेको छ भने जम्मा २८ कम्पनीको मूल्य बढेको छ। बाँकी २ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये ट्रेडिङबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। ट्रेडिङको सूचक पनि ०.७१ प्रतिशतले बढेको हो।
बिहीबार इमर्जिङ नेपाल लिमिटेडको सेयर १० प्रतिशतले बढेकझ छ। राष्ट्र उत्थान लघुवित्त संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज इमर्जिङ नेपालको सेयर सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ९ करोड २३ लाख ८४ हजार २४८ रुपैयाँको कारोबार भएको हो।
यसपछि, एभरेस्ट इन्स्योरेन्सको ८ करोड ९५ लाख ७७ हजार ३६६ रुपैयाँ ६० पैसा, सिटिजन इनभेस्टमेन्ट ट्रस्टको ७ करोड १५ लाख ६० हजार ६३३ रुपैयाँ ६० पैसा, नबिल बैंकको ६ करोड ३० लाख २३ हजार ५५२ रुपैयाँ ६० पैसा र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर ४ करोड ८४ लाख १३ हजार १५० रुपैयाँ १० पैसाको कारोबार भएको छ।