साताको पहिलो दिन सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ३०.८९ अंकले घटेर २,५१३.४१ पुगेको हो।
दिनभर जम्मा २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ सेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ १८ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १७२ कम्पनीको मूल्य घटेको छ भने जम्मा १९ कम्पनीको मूल्य बढेको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये म्युचल फन्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। म्युचल फन्डको पनि सूचकमा कुनै परिवर्तन नदेखिएको हो।
आइतबार राष्ट्र उत्थान लघुवित्त संस्थाको सेयर १० प्रतिशतले बढेकझ छ। इमर्जिङ नेपाल लिमिटेडको र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ९ करोड ७२ लाख ५१ हजार २६९ रुपैयाँ ७० पैसाको कारोबार भएको हो।
यसपछि, सिद्धार्थ इन्स्योरेन्सको ५ करोड १ लाख २९ हजार १७५ रुपैयाँ ६० पैसा, नबिल बैंकको ४ करोड २४ लाख १३ हजार ४३८ रुपैयाँ ७० पैसा, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ११ लाख २२ हजार ९५३ रुपैयाँ २० पैसा र लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेडको सेयर ३ करोड ८७ लाख ७७ हजार १३८ रुपैयाँको कारोबार भएको छ।