बैंक अफ काठमाण्डू र पोखरास्थित होटल अदामबीच सम्झौता भएको छ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी होटलमा भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई २० प्रतिशत छुट उपलब्ध गराउने विषयमा दुई संस्थाबिच सम्झौता भएको हो।
यस सम्झौता पश्चात् ग्राहकहरूले होटल अदाम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुष्ठ २० प्रतिशत छुट पाउने बैंकद्वारा जारि विज्ञप्तिमा उल्लेख छ। उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने हुन्छ।
होटल अदामले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ।
हालसम्म बैंक अफ काठमाण्डूले देशभर रहेको ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दैछ।