सिटिजन्स बैंक र बर्दिबासस्थित बर्दिबास जनसेवा अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने सन्दर्भमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले बर्दिबास जनसेवा अस्पतालका सबै सेवा-सुविधामा १० प्रतिशत छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ। यस्तै, मोबाइल बैकिंग मार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल (यो सुविधा मार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको छ।
हालै बैंकले चैत्र ७ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक लगायतका योजनाहरू पनि सार्वजनिक गरेको छ। सो योजना अन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाइन मार्फत एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ठ दुई सय रुपैयाँ क्यासब्याक पाउनेछन्।
त्यस्तै, पाँच लाखसम्मको दुर्घटना र मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूको लागि निः शुल्क डेबिट कार्ड, मोबाइल- इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटिएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको छ।
ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ बैंकले कियोस्क सेवाको समेत सुरुवात गरेको छ। साथै, बैंकका ग्राहकहरूको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटो समाधान प्राप्त होस् भन्ने उद्धेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ।
सिटिजन्स बैंकले देशभरी हाल १७४ शाखा कार्यलय, १२५ एटिएम र ९० वटा शाखारहित बैंकिङ इकाइहरूबाट १३ लाखभन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दैछ।