भुक्तानी सेवा प्रदायक ई-सेवा मार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने भएको छ।
अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न ई-सेवाले यो सुविधा ल्याएको हो। जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठुलो सहजता हुने अपेक्षा गरिएको छ।
यो योजना सन् २०२२ अप्रिल ३० तारिखसम्म सञ्चालन हुनेछ। नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या बढिरहेको छ। ई-सेवामा हाल ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था आवद्ध छन्।
ई-सेवा खाता भएका प्रयोगकर्ताले आफ्नो मोबाइल मार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने ई-सेवा खाता नभएका प्रयोगकर्ताले नजिकै रहेको ई-सेवा जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन्।
ई-सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत सहजता ल्याएको छ। ई-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइ जहाज, बसको टिकट, स्कुल-कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
ई-सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।