नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको संचालन समितिको अध्यक्षका रूपमा सपथ ग्रहण गरेका छन्।
बुधबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन्।
गत पुषमा कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै उत्कृष्ट जीवन बीमा कम्पनी भएको दाबी गरेको थियो।
नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत नेपालकै नम्बर एक अभियान सार्वजनिक गरी तथ्य प्रमाणहरू प्रस्तुत गर्दै सो दाबी गरेको हो।