नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने बताएकी छन्।
सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नुपर्ने बताएकी हुन्।
उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् ।
तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन्। उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन्।
नेपालको गरिवीनिवारण तथा वित्तीय पँहुचभन्दा बाहिर रहेका जनसंख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गरिन्।
‘समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसंख्याको १८ प्रतिशत हिस्सा अझै पनि गरिवीको रेखा मुनी रहेको छ’, उनले भनिन्, ‘अझै पनि २० प्रतिशत जनसख्याको हिस्सा औपचारिक वित्तीय पँहुच भन्दा बाहिर रहेको स्थितिमा लघुवित वित्तीय संस्थाहरुले गरिवी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ।’
उनले लघुवित्तले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लैंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मद्दत गदै आएको बताइन्।
‘लघुवितले वित्तीय पँहुचबाट बन्चित भएका समुदायलाई वित्तीय पँहुच पुर्याएर स्वरोजगार बनाएको छ। अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित संस्थाहरुमा पनि तरलताको चाप परेको छ। ब्याजदरको समेत समस्या रहेको छ’, उनले भनिन्, ‘अहिले लुघुवित्तले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको छ। सधैभरी सहज परिस्थिति हुँदैन। व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ।’
का.मु गभर्नर ढुङगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसख्याको १८ प्रतिशत हिस्सा गरिवीको रेखा मुनी रहेको बताइन्।
उनले लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लैंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भूमिका खेलेको बताइन्।