एनएमबी बैंकले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रीय कार्यालय काठमाण्डौंको रिजल्ट बेस्ड फाइन्याङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुलो वितरण गरेको छ।
बैंकले प्राक्टिकल एक्शनसँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो।
परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुलो वितरण गरेर ग्रामिण भेगका जनताहरूको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्शन परियोजनासँग बैंकले सहकार्य गरेको हो। सहकार्यमा नुवाकोट, धादिङ, गोर्खा, रसुवा, चितवन, मकवानपुर, पर्वत, म्याग्दि, बाग्लुङ, अर्घाखाँची, गुल्मी र स्याङ्गजाका विभिन्न ग्रामिण भेगमा सुधारिएको चुलो वितरण गरिएको हो।
बैंकको मूल्य आधारित बैंकिङको अवधारणाहरू मध्येको 'नाफाभन्दा अघि मानिसहरूको बारेमा सोच्ने' सिद्धान्त अनुसार बैंकको लघुवित्त विभागले प्राक्टिकल एक्शनसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो। यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरूसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १३९ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्नो बैंकिङ सुविधा प्रदान गर्दैछ।