मंगलबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८३ पैसा यथावत छ। युरोपियन युरो एकको खरिददर भने १३२ रुपैयाँ २६ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३२ पैसा पुगेको छ। यसको बिक्रीदर ९० रुपैयाँ ७६ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने बढेर ९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा पुगेको छ।
त्यस्तै, आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा पुगेको छ। साउदी अरेबियन रियाल एकको खरिददर भने ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा पुगेको छ।
युएई दिराम एकको खरिददर आज ३३ रुपैयाँ १ पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा पुगेको छ। मलेसियन रिंगिट एकको खरिददर भने घटेर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ८० पैसा पुगेको छ।
आज कुवेती दिनार एकको खरिददर ३९७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको छ। बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ५४ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर भने ३२३ रुपैयाँ १४ पैसा पुगेको छ।