एनआइसी एशिया बैंकले विभिन्न ई-कमर्शहरूबाट सामग्री किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ गतेदेखि २०७९ वैशाख ७ गतेसम्म, सस्तोडिलबाट २०७८ चैत्र २९ गतेदेखि २०७९ वैशाख ३ गतेसम्म र ग्यापूबाट २०७८ चैत्र २५ गतेदेखि २०७९ वैशाख २ गतेसम्म विभिन्न सामग्रीहरू खरिद गर्दा बैंकका कार्ड प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुने भएको हो।
त्यसैगरी, सिजी/एलजी डिजिटलबाट यही चैत्र ३० गते २० हजार रुपैयाँभन्दा बढीको सामग्री खरिद गरेर बैंकका ग्राहकहरूले पिओएस तथा ई-कमर्श मार्फत भुक्तानी गर्दा दुई हजार ७९ रुपैयाँ नगद फिर्ता पाउन सक्नेछन्।
साथै, बैंकले फोन पेसँग सहकार्य गर्दै एनआइसी एसिया मोबैंक मार्फत यही चैत्र ३० गते क्युआर भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा रू. १०० नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ। जसमा एक जना ग्राहक महानुभावले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ता हुनेछ।
सोहि दिन क्युआर भुक्तानी गर्ने र क्युआर भुक्तानी लिने १०-१० जना भाग्यशाली ग्राहकहरू र मर्चेन्टहरूले सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर प्राप्त गर्नेछन्।
एनआइसी एशिया बैंकले देशभर ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ