मंगलबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ३४.७८ अंकले घटेर २,३८५.२ पुगेको हो।
दिनभर जम्मा २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ ११ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १७७ कम्पनीको मूल्य घटेको छ भने जम्मा १३ कम्पनीको मूल्य बढेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये होटल एन्ड टुरिजमबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। होटल एन्ड टुरिजमको पनि जम्मा ०.१ प्रतिशतले बढेको छ।
मंगलबार नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। यीबाहेक अन्य संस्थाको सेयर भने ४ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ५ करोड ७५ लाख १ हजार ५५० रुपैयाँ ७० पैसाको कारोबार भएको हो।
यसपछि, नबिल बैंकको ४ करोड ३४ लाख ८ हजार ४६३ रुपैयाँ ८० पैसा, शिवम् सिमेन्टको ३ करोड ८८ लाख ३० हजार ५६१ रुपैयाँ ५० पैसा, एनआइसी एशिया बैंकको ३ करोड ७० लाख ९३ हजार ४५५ रुपैयाँ ७० पैसा, र अरुण भ्याली हाइड्रोपावर डेभलप्मेन्टको ३ करोड ४६ लाख २ हजार ४६९ रुपैयाँ २० पैसाको कारोबार भएको छ।