नेपाल व्यवस्थापन संघले आइएमई जेनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई सम्मान गरेको छ।
नेपाल व्यवस्थापन संघ (एमएएन) द्वारा चैत्र २६ गते आयोजित कार्यक्रममा आइएमई जेनरल इन्स्योरेन्सका श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापन पुरस्कार २०२२ बाट सम्मानित गरिएको हो।
उनले नेपाल व्यवस्थापन संघलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहकवर्गहरू, सेयरधनीहरू, कर्मचारीहरू, नियामक निकायहरू, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता व्यक्त गरेका गरे।
उक्त समाहरोहमा श्रेष्ठले सम्मानबाट आफूहरूलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए।
कार्यक्रममा उनले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएकाले आगामी दिनहरूमा पनि सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जेनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे।