सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन्।
बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
उनी यसअघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।
काठमाडौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्।
उनी बैंक व्यवस्थापन, सञ्चालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन्।