नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी)ले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्युआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका सात सयभन्दा बढी नाई सदस्यहरूको सहभागीता थियो। नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरूलाई क्युआर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ।
यस सम्झौता अन्तर्गत संघमा आबद्ध भई क्युआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुबिधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरूमा आवश्यक छुट दिने बताइएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा-प्रबन्धक मुकुन्द सुबेदी र संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका हुन्।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसिसी बैंकले ग्राहकहरू माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ।
बैंकले सातै प्रदेशमा गरी १३७ शाखा कार्यलयहरू, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरू सञ्चालन गरीे ग्राहकहरूलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।