यो साता नेप्से परिसूचक ४.५६ अंकले घटेको छ। साताभर जम्मा तीन दिन मात्रै बजारमा करोबार भयो। साताको पहिलो दिन आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा थियो भने नेप्से कारोबारको लागि साताको अन्तिम दिन बिहीबार नयाँ वर्ष २०७९ को अवसरमा बजार बन्द रह्यो।
यस हिसाबमा सेयर बजारमा सोमबार, मंगलबार र बुधबार मात्रै कारोबार भयो। सोमबार सेयर बजारको परिसूचक ४४.५६ अंकले घटेर २,४१९.८० पुगेको थियो। मंगलबार पनि बजार घटेको थियो। सो दिन नेप्सेको परिसूचक ३४.७८ अंकले घटेर २,३८५.२ पुग्यो। सातामा कारोबारको लागि अन्तिम दिन बुधबार भने बजार ३०.२४ अंकले बढेर २,४१५.२४ पुग्यो।
यो साता बजार दिनहुँ घट्दा कारोबार रकममा पनि असर देखिएको छ। सोमबार बजार घटेको दिन ५० लाख ९५ हजार ८३४ सेयर किनबेच भएको थियो। यो दिन कुल कारोबार रकम २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ १४ पैसा पुग्यो। मंगलबार भने ३७ लाख ८३ हजार २४ सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ ११ पैसाको कारोबार भएको थियो। सेयर कारोबारको लागि साताको अन्तिम दिन रहेको बुधबरा भने बजार बढेको थियो। तर यस दिन जम्मा ३३ लाख ९८ हजार ६४३ सेयर किनबेच भयो भने १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ ४५ पैसाको कारोबार भएको थियो।
सोमबार जम्मा २३३ कम्पनीको कारोबार भयो भने मंगलबार कारोबार गर्ने कम्पनीको संख्या बढेर २३७ वटा पुग्यो। त्यस्तै, बुधबार कारोबारमा आउने कम्पनी संख्या पुन घटेर २२९ पुगेको थियो।
सोमबार कारोबार भएका कुल कम्पनीमध्ये १७६ कम्पनीको मूल्य घटेको थियो भने जम्मा १७ कम्पनीको मूल्य बढेको थियो। बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो। मंगलबार कारोबार भएका कुल कम्पनीमध्ये १७७ कम्पनीको मूल्य घट्यो र जम्मा १३ कम्पनीको मूल्य बढ्यो। बाँकी ५ कम्पनीको मूल्य स्थिर रह्यो।
त्यस्तै, बुधबार नेप्सेमा हरियाली आएको दिन कारोबार भएका कुल कम्पनीमध्ये १६४ कम्पनीको मूल्य बढेको थियो। जम्मा २५ कम्पनीको मूल्य घट्यो र बाँकी ६ कम्पनीको मूल्य स्थिर रह्यो।
सोमबार कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक नकारात्मक देखिएको थियो। मंगलबार भने होटल एन्ड टुरिजमबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखियो।
बुधबार बजार बढेको दिन कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक सकारात्मक देखियो। अन्यको २.२८ प्रतिशतले सूचक बढेको हो भने माइक्रोफाइन्यान्सको २.१४ प्रतिशतले बढेको थियो। त्यस्तै, होटल एन्ड टुरिजमको १.५८ प्रतिशत र विकास बैंकको १.५३ प्रतिशतले बढ्यो।
सोमबार नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशत र जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको थियो। यीबाहेक अन्य संस्थाको सेयर भने ३ प्रतिशतभन्दा कमले मात्रै बढ्यो।
मंगलबार र बुधबार पनि नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। योबाहेक मंगलबार अन्य संस्थाको सेयर भने ४ प्रतिशतभन्दा कमले मात्रै बढ्यो। बुधबार भने आरएमडिसी लघुवित्त वित्तिय संस्थाको सेयर ८.९८ प्रतिशतले बढेको थियो। यसबाहेक अन्य संस्थाको सेयर भने ८ प्रतिशतभन्दा कमले मात्रै बढ्यो।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताभरिमा धेरै कारोबार भएका कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, एनआइसी एसिया बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलप्मेन्ट लगायत पर्छन्।