एनएमबी बैंकले शनिबार नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ। यो हेरिटेज वाक कोभिड-१९ का कारण दुई वर्ष हुन सकेको थिएन। यस पटक अवस्था सामान्य भएसँगै दुई वर्षपछि आयोजना गरिएको हो।
मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ।
बैंकले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा बसन्तपुर डवलीसम्म पुग्ने गरी बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू, युनेस्कोका सदस्य तथा सर्वसाधारणहरू गरी लगभग पाँच सय जनाको सहभागितामा बबरमहलस्थित एनएमबी भवनदेखि प्ले कार्ड सहित हेरिटेज वाक सुरू गरेको हो।
कार्यक्रममा नेपाल हेरिटेज सोसाइटी तथा स्थानीय सिन्हा स्वान खलालाई डस्टविनहरू प्री-हस्तान्तरण गरिएको थियो। सोही प्रकारको कार्यक्रम अन्य छ वटै प्रदेशमा गरेको हो।
प्रदेश १ मा विराटनगर शाखा देखि पिण्डेश्वरी मन्दिर, मधेष प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखादेखि गहवा माई मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि भद्रकाली मंदिर, प्रदेश ५ मा ट्राफिक चोक शाखादेखि जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मन्दिरहरू सरसफाई गरेको छ।
उक्त हेरिटेज वाकमा 'सांस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं', 'यो मेरो सांस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु', 'सांस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागि मार्गदर्शन', 'अतिथीको सम्मानार्थ सांस्कृतिक सम्पदाको जगेर्ना', लगायतका नारा अंकित प्ले कार्डहरु थियो।
कार्यक्रममा नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वबारे बोले।
एनएमबी बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य दिएका थिए भने बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सांस्कृतिक सम्पदा हाम्रो राष्ट्रको गौरव भएको बताउँदै यसलाई संरक्षणमा गर्न सम्पूर्ण उपस्थितमा आग्रह गरे।
विगत २६ वर्षदेखि बैंकिङ सेवा-सुविधा प्रदान गर्दै आएको एनएमबी बैंक नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंकले हाल देशभरी २०१ शाखाहरू, १३९ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।