वाणिज्य बैंकहरूले फागुनमा १२ प्रतिशतले नाफा वृद्धि गरेका छन्। फागुन २०७७ मा ४१ अर्ब रुपैयाँ नाफा कमाएका बैंकहरूले २०७८ फागुनमा भने ४६ अर्ब ८६ करोड रुपैयाँले नाफा बढाएका छन्।
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सिभिल बैंकको नाफा सबैभन्दा धेरै एक सय १२ प्रतिशतले बढेको छ। प्रभु बैंकको नाफा भने सबैभन्दा धेरै करीब १७ प्रतिशतले घटेको छ।
सात वाणिज्य बैंकको नाफा घटेको हो। यसमा नेपाल इन्भेष्टमेन्ट, सनराइज, सनिमा, प्रभु, एभरेष्ट, मेगा, नबिल बैंक रहेका छन्। बैंकहरूको कर्जा लगानी २२.४७ प्रतिशतले बढेपनि नाफामा भने अपेक्षित वृद्धि हुन सकेको देखिदैन।
बैंकहरूले अघिल्लो फागुनमा ३४ खर्ब १६ अर्ब कर्जा लगानी गरेकोमा गत फागुनमा भने ४१ खर्ब ४४ अर्ब लगानी गरेका हुन्।
बैंकहरूले कर्जा लगानी गरेर कमाएको ब्याज आम्दानी मात्रै १५ प्रतिशतले बढेको छ। अघिल्लो पटक २ खर्ब ६८ अर्ब ब्याज आम्दानी गरेका बैंकहरूको यस्तो आम्दानी ३ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।
बैंकहरूको नाफा रु. १० लाखमा:
