ग्रीन भेन्चर्स लिमिटेड कम्पनीको ३ करोड १२ लाख ५० हजार कित्ता सेयर स्टक एक्सचेन्जमा सूचीकरण भएको छ। हालै प्राथमिक सेयर निष्कासन गरेको कम्पनीको यो सेयर सूचीकरण भएको हो।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९१ रुपैयाँ ८६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसाको मूल्य रेन्ज तोकेको छ। सोमबारदेखि कम्पनीको सेयर किनबेच गर्न सकिनेछ।
ग्रीन भेन्चर्स लिमिटेडले गत चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ खुला गरेको थियो। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।